स्थानीय योजना तथा कानुन निर्माण प्रक्रियामा नागरिक सहभागिता र वकालत सम्बन्धी प्रशिक्षण सम्पन्न
स्थानीय योजना, कानुन निर्माण प्रकृयामा नागरिक सहभागिता र वकालतका सम्बन्धमा प्रशिक्षण सम्पन्न
गैर सरकारी संस्था महासंघ गोरखाले आवद्ध संस्थाको क्षमता अभिवद्धि तथा स्थानीय योजना, कानुन निर्माण प्रकृयामा सहभागिता, संलग्नता र वकालतका सम्बन्धमा प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गोरखामा सम्पन्न गरेका छ । कार्यक्रममा नागरिक समाज संस्थाको ऐतिहासिक पृष्ठभूमि, नागरिक संघसंस्थाका सम्वन्धमा अन्तर्राष्ट्रिय र संवैधानिक कानुनी व्यवस्था, नागरिक समाज संस्थाको महत्व र योगदान, वर्तमान अवस्था र सवाल, स्थानीय कानुन तथा योजना निर्माण प्रकृया लगायत स्थानीय सुशानका लागि नागरिक संघसंस्थाको भूमिकामा संम्वन्धित रहेर संस्थाको अध्यक्ष हरी देवकोटाले प्रशिक्षण दिएका थिए ।
छलफलमा संबिधानत राज्यले नागरिक अधिकारको रुपमा धेरै अधिकारहरु संविधान मार्फत सुनिश्चित गरेता पनि ति अधिकारहरु नागरिकले प्रयोग गर्न नपाएको छलफल भएको थियो । नागरिक संस्थाहरु सवल भएमा राज्य र वजार दुवैलाई सन्तुलनमा राख्न सकिने र गरिव, निमुखा, पछाडी परेको वर्गको अधिकार सुनिश्चित हुने छलफलले निष्कर्ष निकालेको छ । गैर सरकारी संस्था महासंघको अध्यक्ष हरि देवकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा गैसस महासंघको केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज गोपाल खड्का, गण्डकी प्रदेश अध्यक्ष पदम पहारी, गैसस महाँसंघको पदाधिकारीहरु, नागरिक समाजको सदस्यहरु गरी ४२ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।